देश

निकिशा श्रेष्ठ माथि सडकमा दुर्व्यवहार भएको बारे आवश्यक छानबिन गरि कारबाही हुने

नवलपुर टुडे
२०७७ मंसिर ३ | मध्यान्ह ०२:०८ बजे

काठमाडौ । निकिशा श्रेष्ठ माथि सडकमा दुर्व्यवहार भएको बारे आवश्यक छानबिन गरि कारबाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साइबर ब्युरोलाई श्रेष्ठ माथि भएको दुर्व्यवहार बारे छानबिन र कारबाही गर्न निर्देशन दिएको हो।

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त दुर्व्यवहार राजधानीको कुन ठाउँमा भएको हो भन्ने यकिन भइसकेको छैन ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले उक्त भिडिओ बारे छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए ।

भिडिओ नेपाल प्रहरीलाई प्राप्त भए पछि छानबिन गर्न सम्बन्धित विभागलाई निर्देशन दिइएको कडायतले बताए । भिडियोमा श्रेष्ठलाई लक्षित गरी अपमान जनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ ।

आफूलाई दुर्व्यवहार भए पछि निकिशा श्रेष्ठले उक्त समूहलाई लखेट्न खोजेको भिडियोमा देखिन्छ । श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले दुर्व्यवहार गरेको देखिन्छ ।

पहिले निकेश नाम भएको निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छन् । सामाजिक सञ्जालमा उनका विभिन्न भिडियो चर्चामा छन् ।

कमेन्टहरु