देश

सप्तरीबाट गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी

जगत ठाडा मगर
२०७८ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

सप्तरी, २० कात्तिक । सप्तरीको बोदेबसाईन नगरपालिका वडा नम्वर ८ बाट गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो ।

ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो । बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए । मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रम स्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे । उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको उनले बताए ।

कमेन्टहरु