महोत्तरीमा हायस दुर्घटना, पाँच जना घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक २० | बिहान ०७:०७ बजे

महोत्तरी । महोत्तरीको बार्दिबास स्थित पाटु भन्ने ठाउँमा हायस दुर्घटना हुदाँ ५ जना यात्रु घाईते भएका छन् । काठमाण्डौवाट उदयपुर जाँदै गरेको बा ३ ख ९७८८ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सवै जनालाई स्थानियहरुले उद्दार गरि उपचारका लागी जनसेवा अस्पताल पु¥याएका छन ।
ब्रेक फेल भइ अनियन्त्रित हुदा उक्त हायस मुल सडकवाट तल खेतमा खसेको चालक अमर माझीले बताए । हायस चालक माझीलाई अनुसन्धानको लागी इलाका प्रहरी कार्यलय बर्दिबासले नियन्त्रण लिएको छ ।






















