ललितपुरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु, २ घाइते

नवलपुर टुडे
२०७८ कार्तिक १९ | मध्यान्ह ०९:०७ बजे

काठमाडौ । शुक्रबार साँझ ७ बजेतिर ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
मंगलबजारस्थित प्रहरी प्रभागका अनुसार उक्त विस्फोटमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको छ । ग्याँस सिलिन्डर विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका २ जनाकाे भने अझै परिचय खुल्न नसकेको बताइएको छ । खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।






















