राजनीति

वाईसीएल नवलपुरकाे संयाेजकमा पौडेल चयन

जगत ठाडा मगर
२०७८ कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे

नवलपुर । योङ्ग कम्युनिष्ट लीग नेपाल (वाईसीएल) नवलपुर संयोजकमा गैडाकोट ४ निवासी प्रबिण राज पौडेल चयन भएका छन् ।

वाईसीएलको केन्द्रीय कार्यालयले जारी गरेको परिपत्र अनुसार उनी जिल्ला संयोजकमा चयन भएका हुन । उनी संगठनको गण्डकी प्रदेश सदस्य समेत रहेका छन् ।२०६०/६१ साल देखि बिद्यार्थी राजनीतिमा सक्रिय भई अखिल (क्रान्तिकारी), लक्ष्मी उच्च मा. बी. अमरापुरीको ईकाई अध्यक्ष, क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, जिल्ला सचिवालय सदस्यको कार्यकाल सफलतापुर्वक सम्पन्न गरि बिद्यार्थी सङठनबाट युवा सङठनमा प्रवेश गरेका पौडेल पुरानो अमरापुरीका बासिन्दा हुन्।

यस्तैगरि वाईसीएल नवलपुर ईन्चार्जमा डण्डा निवासी देबि अधिकारी (समिक्षा) चयन भयकी छन् । अधिकारी मा‌ओवादी जनयुद्धकालीन नेत्री हुन्। २०७८ भदौको राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्यकाे जिम्मेवारीमा रहेकी उनिलाई वाईसीएल नवलपुर जिल्ला ईन्चार्जको समेत जिम्मेवारी दिइएकाे हाे ।

कमेन्टहरु