देश

पाल्पामा रुख ढलेर लाग्दा एक पुरुषको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक १९ | बिहान ०६:०७ बजे

पाल्पा । पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । बिहीबार बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकोमा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रासस

कमेन्टहरु