नेपाली कांग्रेसद्वारा सरसफाई कार्यक्रम सम्पन्न


विनोद मण्डल
सिरहा, कार्तिक १८ । सिरहामा नेपाली कांग्रेसले बजार सरसफाई गरेका छन । स्थानिय धनगढी बजारको वातावरण अत्यन्त दुर्गन्धित हुन् थालेपछि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल वडा कार्य समिति धनगढीमाई १० को आयोजनामा आयोजित शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी सबैले बजारको दुर्गन्ध हटाउन हातमा झारु लिएर सरसफाई गरेका थिए ।
जिल्ला सभापती रामचन्द्र यादवले सरसफाइको लागि तयार भएपछि सबै नेता तथा कार्यकर्ताहरु सरसफाइमा होमिएका थिए । बजारको सरसफाई पछि बजारमा शुभकामना आदानप्रदान कार्यक्रम अगाडि बढाएको थियो जहाँ जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सभापति रामचन्द्र यादवको प्रमुख अतिथिमा सञ्चालित कार्यक्रममा वक्ताहरुले शुभकामना आदानप्रदान गर्दै स्थानिय जनताको विकासको लागि नेपाली कांग्रेस तयार रहेको वक्ताहरुले बताएका छन् । जनतासँग घुलमिल भएका सभापति रामचन्द्र यादवले अबको सिरहाको विकासप्रति चासो र ध्यान दिनुपर्ने अवस्था आइसकेकोले वक्ताहरुले जिल्लाका र धनगढीमाई नगरपालिकाको नेतृत्व अब नेपाली कांग्रेसको काधमा आएको बताएका छन् ।






















