एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल चयन

जगत ठाडा मगर
२०७८ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

काठमाडौ । नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्।
यस्तै सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादल, मिलन तुलाधर, वाइपी संग्रौला र शंकर खतिवडा छन्। संगठन विभाग प्रमुखमा डा. बेदुराम भुसाल रहेका छन्। उपप्रमुखमा प्रकाश ज्वाला छन्। शिक्षा विभागको जिम्मा डा. गंगालाल तुलाधरलाई दिइएको छ।
विभागको उपप्रमुखमा लक्ष्मण केसी रहेका छन्। विपत् व्यवस्थापन विभागको प्रमुख पनि तुलाधर नै रहेका छन्। सहकारी विभागको जिम्मेवारी गोविन्द कोइरालाले पाएका छन् भने टेकप्रसाद चौलागाईं उपप्रमुख छन्।






















