देश

पाकिस्तानद्धारा चीनलाई २६ अर्ब ब्याज भुक्तान

नवलपुर टुडे
२०७८ कार्तिक १८ | बिहान १०:०७ बजे

काठमाडौ । पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको व्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो ।

पाकिस्तानले चीनबाट ऋण थपेर साउदी अरेबियाबाट ल्याएको ऋण तिरेको हो । पाकिस्तानमा विपक्षी दलहरुले सरकारी असफलताका रुपमा व्याख्या गर्दै चीनसँग सरकारले यति ठूलो रकम व्याज तिर्नुपरेको टिप्पणी गरेका छन् । सन् २०२०÷०२१ को ऋण बापत्को ब्याज मात्रै २६ अर्ब १ करोड रुपैयाँ रहेको पाकिस्तानी स्टेट बैंकको तथ्यांक छ ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत पाकिस्तानले ऋण लिएको छ । पाकिस्तानमा चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) बिआरआई अन्तर्गत चिनियाँ ऋणबाट निर्माण कार्य भइरहेको छ । बिआरआई अन्तर्गत चीनले विभिन्न मुलुकलाई ३ अर्ब ८५ अर्ब अमेरिकी डलर ऋण प्रबाह गरिसकेको छ ।

कतिपय मुलुकहरु ऋणको चर्को व्याजमा परेर परियोजना नै चिनलाई हस्तान्तरण गर्ने अवस्थामा पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अन्तर्राष्टिय बित्त बजारमा आफ्नो प्रभुत्व कायम गर्न सहायता नभएर ऋण प्रबाह गरिरहेको आरोप छ । चीनले भने साझा भविश्य निर्माणका लागि मुलुकहरुसँग अर्थपूर्ण सहकार्य गरिरहेको र ऋण पनि साझा भविष्य निर्माणको एउटा पक्ष रहेको बताउँदै आएको छ ।

कमेन्टहरु