खोटाङमा राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने

नवलपुर टुडे
२०७८ कार्तिक १८ | बिहान ०९:०७ बजे

खोटाङ । खोटाङमा तिहारमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ। शान्ती सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै राती ९ वजेसम्म देउसी भैलो खेल्ने पाईने भएकोे हो।
जिल्ला सुरक्षा समितिले बुधबार निर्णय गर्दै सामाजिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड पालना गरी तिहार मनाउन, तिहारमा आतसवाजी, पटका लगायतका विस्फोटकजन्य पदार्थहरु बेचबिखन र प्रयोग नगर्न भनेको छ।
सर्वाजनिक रुपमा मदिरा सेवन गरी होहल्ला तथा झैझगडा गरी शान्ति सुरक्षा भंग गर्नेलाई तत्काल पक्राउ गरी नियमअनुसार कडा कार्वाही गरिने जनाईएको छ।
जुवा तास तथा जुवाजन्य खेल खेल्ने खेलाउने कार्य गरेको पाईएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल समेत जफत गरी नियम अनुसार कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।






















