राजनीति

नेकपा माओबादी केन्द्रका पार्टी कमिटी अध्यक्ष भक्तबहादुर थामी नेकपा एमालेमा प्रबेश

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | मध्यान्ह ०१:०७ बजे

दोलखा । नेकपा माओवादी केन्द्र दोलखा विगु -८ खोपाचागुको पार्टी कमिटी अध्यक्ष भक्तबहादुर थामी नेकपा एमालेमा प्रबेश गरेका छन । नेकपा एमाले विगु गाउँपालिका वडा नं – ८, खोपाचागुमा सम्पन्न ऐतिहासिक प्रथम वडा अधिवेशन कार्यक्रममा उनी नेकपा एमालेमा प्रबेश गरेको हो ।

उनले माओबादी केन्द्रबाट २०७४ सालको निर्बाचनमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । उनलाई माओवादी केन्द्रका एक पुरानो सक्षम र स्थापित नेता मानिन्छ ।

त्यसैगरी, नेकपा एमाले बिगु गाउँपालिका -८ खोपाचागुको वडा अधिबेशनले क.रामबहादुर थामीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यसैगरी राष्ट्रिय युवा संघ नेपालको क.गाैतम बुढाथोकीको अध्यक्षतामा ३८ सदस्यीय गाउँ ‌कमिटी पनि गठन गरेका छन ।

 

 

कमेन्टहरु