नक्कली नोटसहित तरकारी ब्यापारी पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | बिहान ११:०७ बजे

महोत्तरी । महोत्तरी प्रहरीले नक्कली नोटसहित एकजना तरकारी व्यापारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नगरपालिका-९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित पक्राउ गरिएको हो।
बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो। सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको डेराबाट नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ रुपैयाँ बरामद गरेको छ ।
बरामद भएको नेपाली र भारतीय रुपैयाँ नक्कली रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। बरामद भएको नोट र पक्राउ परेको महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले नवलपुर टुडेलाई बताए।






















