देश

इनरुवा सबस्टेशनमा बाढी पस्दा मजदुरहरुको बेहाल

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | बिहान १०:०७ बजे

काठमाडौं । अविरल बर्षासँगै सुनसरी खोलामा आएको बाढी इनरुवा सबस्टेशनमा पस्दा त्यहाँ कार्यरत मजदुरहरुको बेहाल भएको छ । उपकरणहरु जडान कार्यमा संलग्न मजदुरहरु बसेको कोठाभित्रै कम्मरसम्म डुबाउने पानी छ ।

कोठाभित्र रहेका खानेकुरा, कपडा, प्रयोग गर्ने औजार सबै डुबानमा परेको उनीहरुले बताएका छन् ।उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले डुंगामार्फत् उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । त्यसअघि उनीहरु कोठाभित्रकै उच्च स्थानमा बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका थिए ।

सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आगामी पुसभित्र निर्माण सम्पन्न गरी सन्चालनमा ल्याउबे लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।

कमेन्टहरु