कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतिको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | बिहान ०६:०७ बजे

धनगढी । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का ६६ वर्षीय ध्वज बहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।
मृतक दुबै जना श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ।






















