बिरगंजको श्रीसिया नाका हुँदै तस्करी शुरू, नेपाल प्रहरी स्कटिङ्गबाट समेत पछि हटेन्न


पर्सा, २ कात्तिक / पर्साको श्रीसिया नाका हुँदै तस्करी गराउनुमा नेपाल प्रहरीको अहम भुमिका रहेको बारे एक घटनाले उजागर पारेको छ । श्रीसिया र छपकैया नाका हुँदै तस्करी गराउनुमा प्रहरी चौकी छपकैयाका प्रहरी नायब निरीक्षक बिनय सिंहले अहम भुमिका खेल्दै आएको एक घटनाले उजागर पारेको हो ।
श्रीसिया नाका हुँदै तस्करी गर्नको निम्ति दर्जनौ तस्कर समूह सकृय रहेका छन । नूनदेखि सुनसम्मको तस्करी गर्न र गराउनको निम्ति दर्जनौ तस्कर र ढाकछोप गर्ने नाइकेहरू सकृय रहेका हुन । प्रहरी चौकी छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिनय सिंहले समेत तस्करीको कार्य गराउनको निम्ति रातिको समयमा आफै स्कटिङ्गमा जुटने गरेको छन । उक्त नाका हुँदै हरिन्द्र नामक तस्करले मोटो रकमको नजराना बुझाए पश्चात् प्रती दिन लाखौ बराबरको कपडा र औषधी नेपाल भित्रयाउने गरेका छन । यति मात्र नभइ प्रहरी चौकी अगाडीबाटै तस्करीका समानहरू अबैध तरिकाले आयात गरिरहेपनी प्रहरी मुखदर्शक बन्नु बाहेक केही गर्न नसकेको स्थानीयहरूको आरोप रहेको छ ।
स्थानीयहरूका अनुसार प्रती दिन प्रहरी चौकी अगाडीबाटै करीब ५० वटा भन्दा बढी साइकलमा कपडा आयात हुने गरेको र ५० वटा भन्दा बढी साइकलमा नेपालबाट भारततर्फ केराउ तस्करी हुने गरेको बताए । रातिको समयमा प्रहरी चौकी अगाडीबाट हुने तस्करीको समयमा प्रहरी नायब निरीक्षक बिनय सिंह आफै स्कटिङ्गमा जुटने गरेको स्थानीयले आरोप लगाए । उनका अनुसार मालसमान आयात/निर्यात भन्दा ३० मिनेट अगाडी आफै मोटरसाइकलको माध्यमले चारै तिर लाइन क्लियर गर्ने गरेको र त्यश पश्चात् मालसमानका साइकल ओहर दोहर हुने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो क्षेत्रमा कुनै किसिमको तस्करी कार्य हुन नदिन र गराउने प्रहरीलाई कारवाहिको दायरामा ल्याउने प्रतिवधता जनाइरहेकै बेला प्रहरी नायब निरीक्षक सिंह आफ्नो मनोमानी तरिकाले तस्करी गराइरहेको पाइन्छ । तसर्थ यस्ता अबैध तरिकाको क्रियाकलाप गराउन खोज्ने र गराइरहेका प्रहरी नायब निरीक्षक सिंह माथी माथिल्लो निकायका साथ साथै संगठनकै प्रमुखको ध्यान जान अति अवाश्यक देखिन्छ ।






















