देश

चितवनमा सडेगलेको अवस्थामा शिशुको शव फेला

जगत ठाडा मगर
२०७८ कार्तिक २ | मध्यान्ह ०४:०७ बजे

चितवन । चितवनको रत्ननगर नगरपालिकास्थित टिकौली जंगलको चौरमा सडेगलेको अवस्थामा शिशुको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीकाअनुसार आज बिहान करोब पौने ११ बजे स्थानीयले चौरमा शव देखेपछि प्रहरीलाई तुरुन्तै खबर गरेका थिए । प्रमुख प्रहरी उपरीक्षक इन्द्र बहादुर रानाले शिशुलाई कपडाले बेरेर फालेको अवस्थामा भेटिएको जानकारी दिएका छन् ।

शिशुको मृत्यु भएपछि नजिकै चौरमा लगेर कसैले फालेको हुन सक्ने प्रहरीको आशंका गरिएको छ । शिशुको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । शवको पहिचान र दोषी पत्ता लगाउन अनुसन्धान थालिएको रानाले बताए ।

कमेन्टहरु