देश

डोटीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक २ | मध्यान्ह ०३:०७ बजे

डोटी । डोटीको सायल गाउँपालिका वडा नं ६ खातिवडाका अलैतवडामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा घर माथीबाट आएको पहिरोमा परी दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ बर्षिय छोरा आशिस कुन्जेडाको मृत्यु भएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले जानकारी दिए।

सोही पहिरोमा परी घरमुली दिलबहादुर कुन्जेडा उनकी श्रीमती बासु कुन्जेडा र छोरी बिन्दा कुन्जेडा घाइते भएका छन्।

तीन दिनदेखी जारी बर्षाका कारण टेलिफोन, विद्युत र इन्टरनेट पुर्ण रुपमा अबरुद्ध भएको छ। सञ्चार सेवा अबरुद्ध भएसंगै सुचना प्रवाह तथा सम्प्रेसणमा समस्या भएको प्रमुख जिल्ला अधिकारी बिष्टले बताए।

कमेन्टहरु