स्वास्थ्य

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे गृहमन्त्री

जगत ठाडा मगर
२०७८ कार्तिक २ | मध्यान्ह १२:०७ बजे

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे बुझ्न गृहमन्त्री बालकृष्ण खाँण नर्भिक अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण आज बिहान अस्पताल पुगेका थिए । उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि वैद्यको स्वास्थ्यबारे जानकारी लिएका थिए । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए ।

लामो समयदेखि दमको समस्याबाट पीडित वैद्य आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

कमेन्टहरु