अविरल वर्षापछि आएको बाढीले ६ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक २ | बिहान ०८:०७ बजे

काठमाडौ । अविरल वर्षापछि आएको बाढीले भारतको केरलामा ६ जनाको मृ*त्यु भएको छ। शनिबारदेखि निरन्तर भएको वर्षाले त्यहाँको जनजीवन प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले पनि केरला क्षेत्रमा निरन्तर पानी परिरहेको छ। केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन्।
भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।
अरब सागरमा विकसित प्रणालीका कारण केरला क्षेत्रमा पानी परेको हो। भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। अरब सागरमा विकसित प्रणालीका कारण केरला क्षेत्रमा पानी परेको हो।






















