Opens in a new tab

देश

ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखारहित बैंकिङ सेवा संचालन

जगत ठाडा मगर
२०७८ कार्तिक २ | बिहान ०६:०७ बजे

काठमाडौं । ग्लोबल आइएमई बैंकले ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ ।
इलामको पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, पाल्पाको सरदेवामा खोलिएको सेवाका लागि विमला टण्डन र मोरङको नयाँबजारमा खोलिएको सेवाका लागि दीपेन्द्रकुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिसहोम, सिडिएमए, युटिएल तथा एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सुरु गर्ने गरेको हो । ग्लोबल आइएमई बैंकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ ।

कमेन्टहरु