देश

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्त

जगत ठाडा मगर
२०७८ कार्तिक १ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ’। गत २३ असार २०७६ मा सिलवाल पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो । ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए ।

दुई जना उमेर हदका कारण अयोग्य भए भने बाँकी मध्येबाट सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो ।

कमेन्टहरु