सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प

जगत ठाडा मगर
२०७८ कार्तिक १ | मध्यान्ह ०३:०७ बजे

काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार दिउँसो १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा समान ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।






















