मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे प्रचण्ड

जगत ठाडा मगर
२०७८ कार्तिक १ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगेका छन् ।
दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् । उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् ।
नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।






















