देश, समाज

थारु तथा मैथली भाषाको कलाकार नवीन चौधरी बचाउ अभियान

जगत ठाडा मगर
२०७८ कार्तिक १ | बिहान ०८:०७ बजे

विनोद मण्डल
सिराहा । थारु तथा मैथली भाषाको कलाकार नवीन चौधरी अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा संघर्ष गरिरहेका छन् ।

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ९ लक्षमणपट्टी घर भएका ३२ वर्षिय नवीन चौधरी करिब डेढ बर्ष अगाडि बिरामीले थला परेपछि उनलाई मोरङको विराटनगर स्थित विभिन्न अस्पतालमा ४५ लाख खर्च गरेर उपचार गरियो तर निम्न आर्थिक अवस्था भएको उनको आमा बिसवरी कुमारी चौधरीको बचे खुचेका सम्पति सकिएपछि काठमाण्डौ थप उपचारमा समस्या उत्पन्न भएकोले राजविराज राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर २१८०१०००३२५३७०१० मा रकम जम्मा गरेर सहयोग गर्न सक्नु हुन्छ ।

photo 2021 10 17 20 08 57

विभिन्न थारु र मैथली एल्बमहरुमा मुख्य पात्र भएर अभिनय गरेका चौधरीले सैया भेल जमैया, दिलके टुक्रा लगायत एक दर्जन बढी फिल्महरुमा मुख्य पात्र भएर अभिनय गरिसकेका चौधरी २०६४ सालदेखि समाद रेडियो लाहानबाट फिल्म जगतमा पहिचान खडा गर्ने पात्र मानिन्छ ।

photo 2021 10 17 20 09 11
.
निजलाई क्यान्सर र मृगौला सम्बन्धी रोगले ग्रसित पारेकोले देश विदेशबाट सहयोगको लागि हार्दिक अनुरोध गरेको छ । थप जानकारीको लागि ९८११७४१३१४

कमेन्टहरु