Opens in a new tab

शिक्षा

विषादीयुक्त रसायनबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान

नन्द किशोर कुर्मी (लालु)
२०८३ अशोज ७ | मध्यान्ह ०६:०६ बजे

विजयनगर–६, प्रेमनगर । हरिबोध माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले ‘दैनिक जीवनमा प्रयोग हुने रसायन’ पाठअन्तर्गत विषादीयुक्त रसायनबारे व्यवहारिक ज्ञान हासिल गरेका छन्।

विद्यार्थीहरूले विद्यालय नजिकै रहेको सहानी एग्रोभेट सेन्टरमा पुगेर रासायनिक विषादीको प्रयोग, फाइदा तथा बेफाइदाबारे प्रत्यक्ष अध्ययन गरेका हुन्। एग्रोभेट सेन्टरका प्रोप्राइटर हरिशंकर मल्लाहले विद्यार्थीहरूलाई विषादीको प्रयोग र सावधानीबारे जानकारी दिएका थिए।

व्यवहारिक सिकाइमार्फत विद्यार्थीलाई विषादीको सुरक्षित तथा उचित प्रयोगबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

कमेन्टहरु