देश

वरिष्ठ नेताबाट सम्मानित नेता बने झलनाथ खनाल

जगत ठाडा मगर
२०७८ कार्तिक १ | बिहान ०८:०७ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ ।

यसअघि नेता खनाललाई वरिष्ठ नेताको दर्जा दिदै आएको सो पार्टीले हालै जारी अन्तर पार्टी निर्देशन (अपानि) मा नेता खनाललाई सम्मानित नेताको दर्जा दिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य संख्या विस्तार गर्दै गरिएको कार्य विभाजनमा खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएका छन् ।

कमेन्टहरु