देश

गृह मन्त्रालयद्वारा सिडिओ सरुवा (सूचीसहित)

जगत ठाडा मगर
२०७८ कार्तिक १ | बिहान ०८:०७ बजे

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो।

मन्त्रालयले कैलालीको सिडिओमा किरण थापा, खगेन्द्र रिजाललाई मन्त्रालयमा, जगन्नाथ पन्तलाई पाल्पाको सिडिओ, हरिप्रसाद घिमिरेलाई अर्घाखाँचीको सिडिओ, वेदनिधि खनाललाई सिन्धुपाल्चोकको सिडिओ तथा माधव ढकाललाई विपद जोखिम प्राधिकरणमा सरुवा गरेको हो।

photo 2021 10 17 17 09 12

त्यस्तै, वेदनिधि अधिकारीलाई डोल्पाको सिडिओ, नेत्र शर्मालाई मुस्ताङको सिडिओ, श्रीनाथ पौडेललाई र विष्णु पौडेललाई मन्त्रालयमा, राजु पौडेललाई स्याङ्जाको सिडिओ र दीपक नेपाललाई मन्त्रालयको जिम्मेवारी पाउने गरी सरुवा गरिएको छ।

कमेन्टहरु