नक्कली वडा अध्यक्ष बने बुद्धभुमीका काँग्रेस नेता राबेन्द्र सिंह


कपिलवस्तु असोज २८ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ७ मा आफै वडा अध्यक्ष तोकेर दशै शुभकामना व्यक्त गरिएको छ र वडा नं. ७ (मानपुर)का वडा अध्यक्ष राजेश्वर सिंहको निधन भएपछि उनका छोरा राबेन्द्र प्रताप सिंह नक्कली वडा अध्यक्ष बनेका छन् ।
बुवाको मृत्युपछि उनले वडामा वसी जनप्रतिनिधी जस्तै गरी अड्डा जमाउँदै आएका थिए । नगरपालिकाले महिला सदस्य प्रभावती लोहारलाई कार्यवाहक दिएपनि रावेन्द्रले नै काम गर्दै आएको स्थानीयले बताए ।
नक्कली वडा अध्यक्ष राबेन्द्र प्रतापले यस वर्ष आफुलाई वडा अध्यक्ष तोक्दै शुभकामना दिएका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत शुभकामना व्यक्त गर्दे बुद्धभुमी नगरपालिका वडा नं ७ को वडा अध्यक्ष तोक्दै आफ्नो फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन् ।
नगरपालिकाले लोहारलाई कार्यवाहक अध्यक्ष दिएपनि वडा अध्यक्ष वस्ने कुर्चिमा बस्न समेत नपाएको स्रोतको दाबी रहेको छ ।






















