भरतपुर अस्पतालमा साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी

रासस

सारांश
चितवन । भरतपुर अस्पतालमा साउनयता १२२ सर्पदंशका बिरामीको उपचार गरिएको छ । यसमध्ये १२ विषालु सर्पले डसेका छन् । अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउदीन मियाँका अनुसार गत साउनमा ५६, भदौमा ६६ जना सर्पदंशका बिरामी आएका हुन । दुई महिनामा १२ जनालाई ‘एन्टिस्नेक भेनम’ प्रयोग गरिएको उनले बताए ।
चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उनका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिन्छ । गत वर्षभरमा ४९१ सर्पदंशका बिरामी अस्पताल आएका थिए ।
सर्पदंशका बिरामी बढी वर्षात्को समयमा आउने गरेका छन् । खेती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन नसक्ने, वान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिने उनले बताए । विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिनेमात्रै हुन्छ । रुखहरूमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्षण देखिने गरेको उनले जानकारी दिए ।
सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजानुपर्ने उनले बताए । यस क्षेत्रमा कोभ्रा, करेत र भाइपर जातका विषालु सर्प भेटिने गर्दछ ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















