गैडाकोटमा रहेको २ वटा फुटबल क्लबले गर्यो अपाङ्ग बिकास संस्थालाई खाद्यान्न सहयोग


नवलपुर । बिजय दशमीको अवसर पारेर गैडाकोटमा रहेको २ वटा फुटबल क्लब झलक फुटबल क्लब(JFC) र माउन्टेन फुटबल क्लब (MFC) को संयुक्त सहयोगमा गैडाकोट-१ मा रहेको अपाङ्ग जीवन बिकास संस्थालाई खाद्यान्न सहयोग गरेका छन।
आज अपाङ्ग जीवन बिकास संस्थाको प्राङ्गणमा दशै विशेष शुभकामना आदन प्रदान तथा खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरि उक्त खाद्यान्न सहयोग गरेको झलक फुटबल क्लबको सचिव प्रशान्त रेग्मीले जानकारी दिएका छन ।

आफुहरु फुटबल बिकास गर्न मात्रै नभई विभिन्न सामाजिक कार्यहरु गर्नका लागि क्लब स्थापना गरेको र आगामी दिनहरुमा फुटबल बिकास संगसंगै सामाजिक कार्यहरुलाई निरन्तरता दिदै जाने माउन्टेन फुटबल क्लबको अध्यक्ष झबिन्द्र खण्डलुक मगरले बताएका छन ।
बिजय दशमीको अवसर पारेर अपाङ्ग असाहय तथा बेसाहार ब्यक्तिहरुलाई सहयोग गर्न पाउँदा धेरै खुशी रहेको आगमी दिनहरुमा पनि फुटबल बिकास मात्रै नभई सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै जाने यो त एउटा सुरुवाट मात्रै रहेको झलक फुटबल क्लबका अध्यक्ष तथा युवा समाजसेवी झलक बहादुर राना मगरले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा युवा फुटबल खेलाडी सोम गुरुङ तथा अन्य फुटबल खेलाडीहरुले दशैको अवसरमा अपाङ्ग ब्यक्तिहरुलाई सहयोग गर्न पाउदा आफुहरु धेरै खुशी रहेको र आगामी दिनहरुमा यस्तो प्रकारका सहयोगहरु गर्दै जाने बताएका थिए ।






















