देश

ग्यास ट्याङकरमा करिब १ सय २० केजी गाँजा, चालक फरार

जगत ठाडा मगर
२०७८ अशोज २८ | मध्यान्ह ०१:०६ बजे

वीरगन्ज । वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) गेट अगाडिबाट प्रहरीले ग्यास बुलेटबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

नेपालमा ग्यास खन्याएर भारत फर्कदै गरेको एनएल ०१ के ०७५४ नम्बरको बुलेटबाट प्रहरीले १ सय २० केजी गाँजा बरामद गरेको हो । आइसीपीको गेट अगाडि नै रोकेर राखिएको खाली बुलेटमा चेकजाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२ वटा पोकामा रहेको गाँजा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

चालक भने फरार रहेकाले पक्राउ गर्न नसकिएको पाण्डेले बताए । बरामद गाँजासहितको बुलेट जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पाण्डेले बताए ।

कमेन्टहरु