समाज

सनशाईन सामजिक विकास संस्थाको सामाजिक परिक्षण सम्पन्न, २ जना उत्कृष्ट कर्मचारी सम्मानित (फाेटाे सहित)

जगत ठाडा मगर
२०७८ अशोज २६ | बिहान ०३:०६ बजे

कपिलवस्तु । सनशाईन सामजिक विकास संस्थाले आर्थिक बर्ष २०७७÷०७८को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मायादेवी गाउँपालिकाको कार्यालय पकडीको सभहलमा कार्यक्रम भएको हो । कार्यक्रममा स्वागतमन्तव्य राख्दै सनशाईन सामजिक विकास संस्थाक उपाध्यक्ष विन्दवसनी हरिजनले कार्यक्रममा सहभागि संग सुझावसल्लाह दिन अग्रह गर्दै र आएको सुझावको आगमी दिनमा त्यसबाट संस्थालाई अगाडी लैजान मद्दत गर्ने बताउनु भएको थियो ।

photo 2021 10 11 14 45 53

अ.ब २०७७÷०७८ मा संचालनमा रहेको कार्यक्रमहरु परिवर्तनका लागि बालबालिक, युवा र सामुदायी कार्यक्रम, कोभिड सहयोग कार्यक्रम, शान्तिको लागि स्थानीय क्षमता कार्यक्रम, र तौलिहवा अस्पातमा आर्थिक सहयोग, स्वास्थ्य सहयोग कार्यक्रम, बालविकास केन्द्र सहयोग कार्यक्रम, सामुदायिक रेडियो कपिलवस्तुबाट विभिन्न कार्यक्रम संचालन र मायादेवी गाउँपालिका भित्र ४ ओट परियोजनामा शिक्षा,स्वास्थ्य, सरासफाई, बालिक शसक्तीकरण, लगायत विभिन्न कार्यक्रम संचलनमा रहेको प्रगाति प्रतिवेदनमा संस्थाका पुर्व अध्यक्ष रामसेवक यादवले प्रस्तुत गर्नुभएको थियो ।

गएको अ.ब २०७६÷०७७ मा संस्थाबाट संचालन भएको कार्यक्रमहरु उपलब्धी संचालन भइरहेको कार्यक्रमहरुबाट लक्षिता समुदायमा परेको प्रभाव , सस्थाबाट खानेपानी तथा सरसफाई कार्यक्रम,प्रजनन स्वास्थय क्लिनीक गरिबी न्यूनीकरण लागि कृषि कार्यक्रम, बालविकासको लागि स्थनीय प्रयास स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, स्वावलम्बन प्रबद्र्धन कार्यक्रम, बुद्धाश्रम भवन निर्माण गरिबी न्यूनीकरणका लागि आयआर्जन तथा पुर्वाधार विकास कार्यक्रम स्पोन्सरसीप परियोजन, बालिका सशक्तिकरण परियोजन लगाएको कार्यक्रमबाट सामुदयमा परेको प्रभवको बरेमा यादवले प्रस्तुत गरेका थिए ।

photo 2021 10 11 14 45 14

संस्था कोषाध्यक्ष कृष्ण मोहन केवटले आर्थिक वर्ष २०७७÷०७८का १ करोड ६५ लाख ३३ हजार ९ सय ६० रुपैय बराबरको आय र आर्थिक वर्ष २०७७÷०७८को १ करोड ४८ लाख ४८ हजार २ सय ३८ रुपैय बराबरको व्याय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको खुल्लशत्रको सहजिकरण राजेश शाक्यले गर्नुभएको थियो । त्यसै कार्यक्रममा संस्थाद्धरा संचालित योजना तथा परियोजनाले समुदायमा ल्यायको परिर्वतनको बारेमा खुलेर सहभागिहरुले प्रश्न तथा प्रशंसा गरेका थिए । संस्थाबाट शिक्षा, स्वास्थ्य, सिपमुलक लगायत कार्यक्रमको थप प्रभावकारी तवरले संचालन गर्न उपस्थित सहभागिले अग्रह गरेका थिए । कार्यक्रममा उपस्थिताहरुबाट आएको सुझव सल्लाहलाई आत्म साथ गर्दै आगमी दिनहरुमा सो अनुरुप अगडी बढने संस्थाका अध्यक्ष शिवलाल यादवले प्रबिद्धत व्यक्त गर्नुभएको थियो ।

सामाजिक परिक्षण कार्यक्रमका प्रमुख अतिथि मायादेवी गाउाँपलिका का अध्यक्ष बाजरंगी प्रसाद कुर्मीले संस्था संग विगतको दिनमा भएको सहकार्यलाई निरन्तरता दिदै संस्थासंग हातेमालो गरि अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो । मायादेवी गाउँपालकाको गाउपालिका उपाध्याक्ष गीत तिवारीे , युएम एन कपिलवस्तु जिल्लाका टिमलिडर धानी रावत लगयतले संस्थाको सुभकामना दिएका थिए । सोहि कार्यक्रमबाट २ जना उत्कृष्ट क्रमचारीलाई सम्मनित पनि गरेको छ । सनशाईन सामजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो कपिलवतुका समाचार वाचक शत्रुघन खरविन्द र सनशाईन सामजिक विकास संस्थाद्धारा संचालित परिवर्तनका लागि बालबालिक तथा युवा परियोजनका मायादेवी गाउँपािलका वडा नम्बर ६ को वडा सयोजक रुपा क्षेत्रीलाई आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट क्रमचारी को रुपम छनोट गरि प्रशंसा पत्र र दोसल ओढाइ सम्मनित पनि गरेको छ ।

photo 2021 10 11 14 45 38

कार्यक्रम सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादवको अध्यक्षता र मायादेवी गाउँपालिकाको गाउँपालिका अध्याक्ष बाजरंगी प्रसाद कुर्मी प्रमुख अतिथतामा भएको थियो । मायादेवी गाउँपालकाको गाउपालिका उपाध्याक्ष गीत तिवारीे र प्रमुख प्रशसकीय अधकृत कृष्ण प्रसाद तिमिल्सेनको कार्यक्रममा विशिष्टि अतिथता रहेको थियो । अतिथिहरुमा वडा अध्याक्षहरु, युएम एन कपिलवस्तु जिल्लाका टिमलिडर धानी रावत, पालिक भित्र रहेका विभिन्न विद्यालयका प्रतिनिधि, बालसञ्जल, युवा सञ्जल, अभिभावक, महिला समुह, आम समुह लगायतको रहेको थियो । कार्यक्रमको संचलन सस्थाका पुर्व अध्यक्ष रामसेवक यादवले गर्नुभएको थियो ।

photo 2021 10 11 14 45 45

कमेन्टहरु