नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नवलपुर टुडे

सारांश
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो।
खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरे। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो। नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो। नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो।
समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अंक बाँडेको थियो। समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पाएको थियो। श्रीलंकासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो। नेपाल आइसिसी टी-२० वरियतामा श्रीलंकाभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो। नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















