Opens in a new tab

खेलकुद

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नवलपुर टुडे
२०८३ अशोज १६ | बिहान ०६:०६ बजे

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो।

खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरे। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो। नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो। नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो।

समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अंक बाँडेको थियो। समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पाएको थियो। श्रीलंकासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो। नेपाल आइसिसी टी-२० वरियतामा श्रीलंकाभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो। नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन।

कमेन्टहरु