सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २०० बढी कारबाहीमा

नवलपुर टुडे

सारांश
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगास्थित सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।
सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नागढुंगास्थित सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए। “सुरुङ मार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ । सोहीअनुसारको सूचना बोर्ड राखिएको छ । उक्त नियम उल्लंघन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ”, प्रवक्ता सुवेदीले भने।
ट्राफिक प्रहरीले सुरुङ मार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
बिहीबारमात्रै सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १३ चालक कारबाहीमा परेका छन् ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















