खेलकुद अध्यक्ष देवेन्द्र शेरचन महाधिवेशन प्रतिनिधि चयन


असोज १३ , पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन आसन्न १५औँ महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचान कास्की क्षेत्र नम्बर ३ बाट सर्वसहमत रुपमा चयन भएका हुन्।
शेरचानले विगत लामो समय देखि खेलकुद क्षेत्रमा नेतृत्व प्रदान गर्दै कांग्रेसको संगठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए।
नेपाल लोकतान्त्रिक खेलकुद संघलाई महासंघ बनाउने अभियानमा रहेका खेलकुद अध्यक्ष देवेन्द्रकुमार शेरचनले ७७ वटै जिल्लामा खेलकुदको जिल्ला अधिवेशन सम्पन्न गरिसकेका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघको ६ प्रदेशमा खेलकुद संघ अधिवेशन सकेर केन्द्रीय अधिवेशनको अन्तिम तयारीमा रहँदै गर्दा जेनजि आन्दोलनले प्रभावित भएका थिए।
नेपाली कांग्रेस पार्टीको आन्तरिक आसन्न १५ औं महाधिवेशन अन्तर्गत आफ्नो गृह जिल्लामा सक्रिय भएका अध्यक्ष शेरचनलाई कास्की जिल्लाको क्षेत्रीय अधिवेशनबाट सर्वसम्मत प्रतिनिधि बनाए सँगै शेरचनले अब पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन्।
नेपालको सम्पूर्ण खेल क्षेत्र र कांग्रेसको भातृ संरचनामा सक्रिय शेरचनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दावी प्रस्तुत गर्ने क्रममा विपिको सिद्धान्त, अग्रज नेताहरुको मार्गदर्शन अवलम्बन गर्ने तथा युवालाई पार्टी संगठन सँग जोड्ने, शुभेच्छुक संस्थाह,सलनई प्रभावकारी बनाउने, संगठनलाई समावेशी तथा गतिशील बनाउने बताएका छन्।
शेरचनले कास्की ३ का सम्पूर्ण क्षेत्रिय प्रतिनिधि तथा शुभेच्छुक साथीहरू समक्ष सर्वसम्मत महाधिवेशन चयन गरिदिएकामा हार्दिक धन्यवाद दिदै दिएकोमा उक्त विश्वासलाई कायम राख्ने प्रतिबद्धता जाहेर गरेका छन्।
मंगलबार नेपाली कांग्रेस पार्टीको देशैभरी क्षेत्रिय अधिवेशन चलिरहँदा खेलकुदमा नेतृत्व गरेका देवेन्द्रकुमार शेरचनको सर्वसहमत प्रतिनिधि छनौटको विशेष चर्चा बनेको छ।
शेरचनले केन्द्रीय महाधिवेशनमा समेत खेलकुद क्षेत्रको सांगठनिक बलमा निर्वाचित हुने लक्ष्य बनाएको जानकारी दिदै सबैलाई थप सहयोग प्रदान गरिदिन अपील गरेका छन्।






















