नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नवलपुर टुडे

सारांश
काठमाडौं, असोज ९। नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तरराष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तरराष्ट्रिय हस्ताक्षर गर्नुभएको हो।
हस्ताक्षरअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो। दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावना खोज्दै दुई देश तथा जनताको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की

सिरहामा कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार हुने

त्रिनेत्र माविमा सरसफाइ सप्ताह सुरु
अरुपनि पढ्नुहोस
सबै
मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

युक्रेन युद्धकै समयमा युरोपमा ग्यास बेच्नबारे रुस–अमेरिकाबिच छलफल

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन















