झापामा भदौमा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

रासस

सारांश
झापा । झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
उक्त महिनामा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ । कूल २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका रहेका छन् । जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ । यसबाट रु छ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्क रहेको छ ।
यस्तै, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको छ । चट्याङबाट रु एक लाख बराबरको क्षति भएको छ । प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















