दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

रासस

सारांश
काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न पक्षसँग अनुरोध गरेको छ ।
परिषद्ले जारी गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शतप्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो ।
परिषद्का अनुसार यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचारप्रसार रोक्न आग्रह गरेको हो । सूचनामा कानुनविपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए १५ दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न÷गराउन अनुरोध गरिएको छ ।
परिषद्ले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















