मलेसिया रोजगारीको सिन्डिकेट अन्त्य गर्न प्रधानमन्त्री शाहको आग्रह

नवलपुर टुडे

सारांश
काठमाडौँ, असोज ६। प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको थियो । उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानान्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको धारणालाई सकारात्मक रूपमा लिनुहुँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र विचौलिया प्रथाको विरुद्धमा रहेको बताउनुभएको थियो । उहाँले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
मलेसियाली प्रधानमन्त्री इब्राहिमले भन्नुभयो, “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु ।”

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित

४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान

छिमेकीको हत्या आरोपमा पोखरामा युवक प्रक्राउ















