तनहुँका तीन ठुला सडक अलपत्र

रासस

सारांश
तनहुँ । निर्माण सुरु भएको लामो समय भए पनि यहाँका तीन सडक आयोजना रुग्ण बनेका छन् । आयोजना अलपत्र भएपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएका ती सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण श्रेष्ठले जानकारी दिए । भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक, दुलेगौडा हर्कपुर सडक र आँबुखैरेनी छिम्केश्वरी सडक समस्याग्रस्त बनेको छ ।
भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साल माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । पटकपटकको ताकेतापश्चात् पनि काम नभएपछि उक्त सडकमा २०८३ असारसम्म म्याद थप भएको थियो । उक्त खण्डमा हालसम्म ६५.९५ प्रतिशत काम सकिएको छ ।
कुल १०.१२ किलोमिटर लामो उक्त सडक स्तरोन्नतिका लागि रु २० करोड ३७ लाख ८६ हजारमा एमएस शङ्करमाली निर्माण सेवासँग सम्झौता भएको थियो । निर्माण कम्पनीलाई हालसम्म रु १३ करोड ४३ लाख ९६ हजार भुक्तानी गरिएको छ ।
दुलेगौडा–हर्कपुर सडकको हालसम्म वित्तीय ५० प्रतिशत र भौतिक ५५ प्रतिशत प्रगति भएको छ । यो सडकको ठेक्का पनि एमएस शङ्करमाली निर्माण सेवाले नै पाएको थियो । उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पटकपटक थप गरिएको छ । अन्तिम पटक थपिएको म्याद २०८२ साल चैतमा सकिएको छ ।
हालसम्म रु १४ करोड ४७ लाख ४५ हजार ७४० भुक्तानी भइसकेको छ । १०.१८ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २५ करोड ९९ लाख दुई हजार ८९५ मा सम्झौता भएको थियो । आँबुखैरेनी–छिम्केश्वरी सडक ९पहिलो खण्ड० कालोपत्रेका लागि २०७६ साल मङ्सिर ६ गते सम्झौता भएको थियो । विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटकपटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०८२ असोजसम्म थियो ।
यस सडकको भौतिक र वित्तीय प्रगति ९१ प्रतिशत बराबर छ । सो सडकका लागि रु ३६ करोड पाँच लाख ५० हजारमा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो । कुल १६ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि रु ३२ करोड ८५ लाख १३ हजार ४८६ भुक्तानी भइसकेको छ ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















