हराउँदै गाउँघरको रैथाने तरकारी

रासस

सारांश
दाङ। बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो । पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उनको अनुभव छ । उनले यस वर्ष पनि मकैसँगै रैथाने तरकारीको बीउ छरे पनि उत्पादन राम्रो नभएकोमा किसान थारुलाई दिक्क लागेको छ।
“बोट उम्रिए पनि राम्रोसँग फलेन, फलेका बोटमै कुहिने र कीरा लाग्ने समस्या देखियो”, उनले भनिन्, “पहिला बारीमा लटरम्म रैथाने टोंरै, भिण्डी, बोडी, काँक्रा फल्ने हुँदा त्यही तरकारी खान्थ्यौँ ।” “पहिले यतिबेला लोकल काँक्रा ठूलाठूला हुन्थे, एउटा काँक्रा एक्लै खान सकिँदैनथ्यो, अहिले ती काँक्रा पाउनै मुस्किल छ”, किसान थारुले भनिन्।
बारीमा लटरम्म फल्ने स्थानीय रैथाने तरकारी विस्तारै हराउँदै गएपछि अहिले बारीमा पहिलाजस्तो तरकारी देखिन छाडेको छ । मकैको बारीमा मकैको बोटलाई नै आधार बनाएर लहरा फैलिने भएकाले छुट्टै संरचना बनाउनुपर्ने झन्झट हुँदैनथ्यो।
“त्यसैले मकैबारीमा प्रायः बोडी र काँक्रा रोपिन्थ्यो । गाउँका प्राय मकैबारीमा बोडी र काँक्रा नफल्ने घर कमै हुन्थे, उनले भनिन्, “अहिले त्यस्तो देखिन छाडेको छ । बजारमा पाइने बीउ लगाउने चलन बढेपछि पुराना बीउ हराउँदै छन् ।”
सोही गाउँकी दुसानी थारुले भने पछिल्लो समय बजारमा सहजै पाइने उन्नत जातका बीउप्रति किसानको आकर्षण बढेको बताइन्। छोटो समयमा धेरै उत्पादन हुने र बजारमा बिक्री गर्न सहज हुने भएकाले किसानले रैथाने भन्दा उन्नत जातका बीउ रोज्न थालेको उनले बताइन्। बढैयाताल गाउँपालिकाका कृषि विकास शाखा प्रमुख दीपेन्द्र श्रीवस्तवले पनि उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले किसानको आकर्षण बढेको बताए।
पालिकाले रैथाने बीउविजनको संरक्षण तथा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्दै आए पनि किसानले उन्नत जातका बीउलाई बढी प्राथमिकता दिने गरेको उनले बताए। पालिकाभित्र कतिपय किसानले रैथाने बीउ अझै पनि वर्षौंदेखि घरमै संरक्षण गर्दै आएको पाइन्छ।
पछिल्लो समय किसानले तरकारी उत्पादनलाई व्यावसायिक बनाउँदै लगेपछि उनीहरुको प्राथमिकता पनि परिवर्तन भएको छ। घरायसी उपभोगका लागि मात्र उत्पादन गर्ने भन्दा व्यावसायिक उद्देश्यले तरकारीखेती गर्न थालेपछि धेरै किसानले उन्नत जातका बीउलाई प्राथमिकता दिन थालेको कृषि विकास शाखा प्रमुख श्रीवस्तवको भनाइ छ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















