ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउँदै प्रदेश सरकार

रासस

सारांश
काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार गरिरहेको छ । बागमती प्रदेश सरकार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकले परियोजनामार्फत गएको एक वर्षमा एक हजारभन्दा बढी धारा जडान गरेको हो।
कार्यालयले काभे्रपलाञ्चोकमा मात्रै ५५ वटा खानेपानीका परियोजना सम्पन्न गरी चार हजारभन्दा बढी जनसङ्ख्यालाई स्वच्छ खानेपानीको पहुँच पुर्याएकाे छ । ती योजनाबाट जिल्लामा थप चार हजार ७२ नागरिक प्रत्यक्ष लाभान्वित भएको कार्यालय प्रमुख श्रृष्टि ख्वालापालाले जानकारी दिए ।
“विशेष गरी प्रदेश सरकारको बजेटमार्फत आठ स्थानीय तहका ग्रामीण क्षेत्रमा आयोजना सञ्चालन गरी खानेपानीको पहुँच विस्तार भइरहेको हो, हालसम्म सम्पन्न भएका र सञ्चालनमा रहेका आयोजनाको बजेट सिलिङ भने सूचीकृतको चरणमै छौँ”, प्रमुख ख्वालापालाले भने।
एकै वर्षमा एक हजारभन्दा बढी नयाँ धारा थपिनुले ग्रामीण तथा खानेपानीको पहुँच कमजोर रहेका क्षेत्रमा आधारभूत खानेपानी पूर्वाधार विस्तारमा प्रदेश सरकारको लगानी बढेको तथ्याङ्कले देखाएको प्रमुख ख्वालापालाको भनाइ छ ।
उनका अनुसार सबैभन्दा धेरै धारा भुम्लु गाउँपालिकामा ३३८, त्यसपछि रोशीमा ३०६, पनौती नगरमा १८८, नमोबुद्ध नगरमा ५५, पाँचखाल नगरमा ४१, चौरीदेउरालीमा ४१, खानीखोलामा ३६ तथा मण्डनदेउपुर नगरपालिकामा १४ वटा नयाँ धारा जडान गरिएको छ।
यस्तै नयाँ धारा निर्माणसँगै जिल्लाका विभिन्न स्थानीय तहमा खानेपानी पूर्वाधार विस्तार र सुधारका कामसमेत भएको पाइएको छ । जसनुसार बनेपामा छ, पनौतीमा तीन, धुलिखेल, बेथानचोक र महाभारतमा एक/एक, नमोबुद्धमा नौ, पाँचखालमा चार तथा मण्डनदेउपुरमा पाँच वटा खानेपानी आयोजना सम्पन्न भएका हुन् । त्यस्तै रोशीमा छ, खानीखोलामा चार, तेमालमा दुई, भुम्लुमा तीन र चौरीदेउरालीमा १० वटा आयोजना सम्पन्न गरिएको ख्वालापालाले जानकारी दिए।
यस्तै ५० दशमलव ५८ किलोमिटर मुख्य ट्रान्समिसन पाइपलाइन र १०९ दशमलव ५५ किमी वितरण पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा ४७ पानीपोखरीका साथै १८ पम्पघर निर्माण गरिएको कार्यालयले जनाएको छ।
आयोजनाअन्तर्गत खानेपानीका स्रोत संरक्षण तथा ढुङ्गेधाराको मर्मत–पुनःस्थापनातर्फसमेत काम भएका छन् । सात वटा पानीको स्रोत संरक्षण तथा ढुङ्गेधारा मर्मत–पुनःस्थापना, ३७० मिटर ढल निर्माण, ३९ भल्भ च्याम्बर, दुई कलेक्सन च्याम्बर, तीन वासआउट च्याम्बर र तीन ब्रेक प्रेसर ट्याङ्की निर्माण गरिएको कार्यालयले जनाएको छ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















