जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

नवलपुर टुडे
२०८३ भदौ ९ | बिहान ११:०५ बजे

जनकपुरधाम । जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका स्थित एक होटेलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका ६, नमस्कार चौक स्थित रहेको न्यू राजधानी गेष्ट हाउसको कोठामा झुण्डिएको अवस्थामा एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार मृत फेला परेकी युवतिको नाम खुलेको छैन् । खोटाङको हलेसीमा घर भएकी युवतीको आफ्न्त काठमाडौँबाट आएपछि थप खुल्ने प्रवक्ता खनालले बताए । तीन–चार दिन देखि केटा र केटी होटेलमा संगै बस्दै आएकोमा हिजो केटा निस्केका थिए ।
युवती भने होटेलमा मृत फेला परेकी छन् । कोठाको ढोका भित्रैबाट बन्द रहेकाले युवतीको आफ्न्त आएपछि थप खुल्ने उनले बताए । यस घटनामा प्रहरीले सिरहाका एक जना युवकलाई पक्राउ गरेको हो ।






















