Opens in a new tab

समाज

विजयनगर–६ मा कानुनी सचेतना तथा परामर्श सेवाका लागि घुम्ती शिविर सम्पन्न

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन २३ | मध्यान्ह ०६:०४ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ मा कानुनी सचेतना तथा परामर्श सेवाका लागि घुम्ती शिविर सम्पन्न भएको छ।
२०८३ साउन २३ गते आयोजित कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

घुम्ती शिविरमार्फत स्थानीय नागरिकलाई कानुनी अधिकार, कानुनी प्रक्रिया तथा विभिन्न समस्याका विषयमा आवश्यक कानुनी सचेतना र परामर्श सेवा प्रदान गरिएको थियो।

कार्यक्रममा UK International Development, हाम्रो साहस, FEDO तथा UN Women लगायतका संस्थाहरूको सहयोग रहेको थियो। स्थानीयस्तरमै नागरिकलाई कानुनी जानकारी तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

कमेन्टहरु