अपराध

पोखराबाट खैरो हेरोइन कारोबारको आरोपमा रेस्टुरेन्ट सञ्चालक पक्राउ

नवलपुर टुडे
२०८३ साउन २१ | बिहान ०८:०४ बजे

कास्की। प्रहरीले कास्कीको पोखरा महानगरपालिका–८ स्थित सिर्जना चोकबाट खैरो हेरोइन कारोबार गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ४० वर्षीय चन्डेश्वर महतो छन् ।

उनले सिर्जना चोकमा मण्डल नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । आरोपीको साटबाट १४५ ग्राम २७ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज रेग्मीले बताए ।आरोपीले रेस्टुरेन्टको आवरणमा खैरो हेरोइन कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनले भारतको गोरखपुरबाट खैरो हेरोइन ल्याएर कास्कीका सहरी क्षेत्रमा बेच्ने गरेको एसपी रेग्मीले जानकारी दिए । ब्युरोको शाखा कार्यालय पोखराबाट खटिएको टोलीले पक्राउ गरेर आरोपीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ ।

कमेन्टहरु