मिसिलमा क्षति पुगेपछि लक्ष्यअनुसारको मुद्दा फर्छ्याैटमा कठिनाइ

नवलपुर टुडे
२०८३ साउन १९ | मध्यान्ह ०५:०४ बजे

काठमाडौँ । सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फर्छ्याैट हुन कठिन देखिएकाे छ।
सोही कारणले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फर्छ्याैट गर्न सकेन । न्यायालयमा गत भदौ २४ गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण तोकिएको समय सीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये ११ हजार ४६९ वटा मुद्दा मात्र फर्छ्याैट भएका थिए ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदातलमा आगजनी भई अकल्पनीय क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्ने नसकेको र मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फर्छ्याैटमा ढिलाइ भएको राससलाई जानकारी दिए।






















