भारतीय सर्वोच्च अदालतमा अब प्रधानन्यायाधीशसहित ३८ न्यायाधीश हुने

एजेन्सी
२०८३ साउन १८ | मध्यान्ह ०५:०४ बजे

नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतमा अब प्रधानन्यायाधीशसहित न्यायाधीशको सङ्ख्या ३४ बाट बढेर ३८ पुग्ने भएको छ। सर्वोच्च अदालतमा न्यायाधीशको सङ्ख्या बढाउन ल्याइएको विधेयक बिनाकुनै छलफल पारित भएको हो।
यो विधेयकले मे २०२६ मा जारी गरिएको सर्वोच्च अदालत (न्यायाधीशको सङ्ख्या) संशोधन अध्यादेश, २०२६ लाई विस्थापित गर्नेछ। यस व्यवस्था अनुसार भारतका प्रधानन्यायाधीश बाहेक सर्वोच्च अदालतका न्यायाधीशको स्वीकृत सङ्ख्या ३३ बाट बढाएर ३७ बनाइनेछ।
यसको अर्थ प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा कुल न्यायाधीशको सङ्ख्या अब ३८ हुनेछ।





















