बिश्व

इरानले भन्यो – अमेरिकासँगको युद्धविराम प्रस्ताव अझै अध्ययनमै छ

एजेन्सी
२०८३ जेष्ठ १९ | मध्यान्ह ०४:०२ बजे

तेहरान । इरानले अमेरिकासँग सम्भावित अस्थायी युद्धविरामसम्बन्धी अन्तिम मस्यौदा प्रस्ताव अझै छलफलमै रहेको र अहिलेसम्म मध्यस्थकर्तालाई कुनै औपचारिक प्रतिक्रिया नपठाइएको जनाएको छ ।

इरानी अर्धसरकारी मेह्र न्यूज एजेन्सीले एक अज्ञात जानकार स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । स्रोतका अनुसार, ‘तेहरानमा अन्तिम मस्यौदा अझै छलफलमा छ र आधिकारिक प्रतिक्रिया दिइएको छैन,’ । इरानले कुनै पनि सम्झौताबाट वास्तविक र ठोस लाभ सुनिश्चित गर्न चाहेको स्रोतले भनेका छन् ।

अमेरिकाले विगतमा गरेका प्रतिबद्धता पूरा नगरेको इतिहास र गहिरो अविश्वासका कारण तेहरान सावधानीपूर्वक अघि बढिरहेको उल्लेख गरिएको छ । इरान–सम्बद्ध तस्निम न्यूज एजेन्सीले लेबनानमा इजरायली आक्रमणका कारण अमेरिका–इरान वार्ता स्थगित भएको दाबी गरेको एक दिनपछि यो बयान आएको हो । तर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता तीव्र गतिमा जारी रहेको बताएका थिए ।

एउटा क्षेत्रीय स्रोतले वार्ता पुनः सही बाटोमा फर्किएको संकेत गरेको भन्दै सीएनएनले समाचार छापेको थियो । 

कमेन्टहरु