कोशी प्रदेशमा रासायनिक मल अनुदान निर्देशिका लागू गरिने

रासस
२०८३ जेष्ठ १८ | मध्यान्ह ०१:०२ बजे

विराटनगर । कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान निर्देशिका २०८२’ लागू गरिने भएको छ ।पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए ।
वितरण गरिने डिएपी ५० केजी (एक बोरा) को रु दुई हजार २००, युरियाको ५० केजीको रु ७५०, पोटास ५० केजीको एक रु एक हजार ६०० र कृषि चुन ५० केजीको रु ४३० कायम गरि बिक्री गरिने भएको छ ।






















