१० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

रासस
२०८३ जेष्ठ १७ | मध्यान्ह ०३:०२ बजे

पर्सा । चालु आर्थिक वर्षको पहिलाे १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन्।गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो।
चालु आवको १० महिनामा रु एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ। यसैगरी रु सात अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट रु सात अर्ब नौ अर्ब राजस्व असुली भएको छ।

















